ad ad

खेल


फुटबलका मुख्य प्रशिक्षक कालिनको राजीनामा, बालगोपाललाई कार्यभार

फुटबलका मुख्य प्रशिक्षक कालिनको राजीनामा, बालगोपाललाई कार्यभार

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ५:१४,

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिएका छन्।

मुख्य प्रशिक्षक कालिनले गत कार्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएको एन्फाले जनाएको छ।

बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए।

कालिनको राजीनामापछि बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको प्रवक्ता राईले जानकारी दिए।

कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएको थिए। उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो।

कोरोना महामारीपछि कालिन गत चैत १४ गते स्वीडेन फर्किएका थिए। त्यसपछि उनी नेपाल नफर्किएको र स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .