ad ad

खेल


एन्फाले ५८ खेलाडीलाई बोलायो प्रशिक्षणमा, को–को बोलाइए? (सूची)

एन्फाले ५८ खेलाडीलाई बोलायो प्रशिक्षणमा, को–को बोलाइए? (सूची)

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ७:४३,

अखिन नेपाल फुटबल संघ (एन्फा)ले ५८ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ।

एन्फाले पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई क्लोज क्याम्प तालिमका लागि बोलाएको हो।

यसमध्ये २४ खेलाडी नयाँ छन्। कार्यवाहक प्रशिक्षकको काम गरिरहेका बालगोपाल महर्जनले उनीहरुलाई प्रशिक्षणमा बोलाएको एन्फाले जनाएको छ।

बोलाइएकामध्ये कतिपय बंगलादेशसँगको गत महिना सम्पन्न दुई मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक रुपमा छानिएका खेलाडी पनि छन्।

फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्लोज क्याम्पमा प्रशिक्षण लिनेछन्। यो क्याम्प कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको एसियन क्वालिफायर्स र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको तयारीस्वरुप सुरु हुनलागेको हो।

बिराज महर्जन, आदित्य चौधरी, विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशी पनि क्याम्पमा फर्किने भएका छन्। डिसेम्बर १२ मा खेलाडीहरु जम्मा हुनेछन् र प्रशिक्षण पनि सुरु हुने एन्फाले जनाएको छ।

को–को बोलाइए?
गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बु

डिफेन्डर : देवेन्द्र तामाङ, राजीन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज बिके, आशिष गुरुङ, दिलेन लोक्तान र रोहित चन्द

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, जर्जप्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवि पास्वान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सिसेहाङ आङदेम्बे, सन्जोक राई र नितिन थापा

फरवार्ड : अविशेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट, विमल घर्तीमगर, राजिव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .