ad ad

खेल


च्याम्पियन्स लिग : अजाक्सलाई हराउँदै लिभरपुल नकआउट स्टेजमा

च्याम्पियन्स लिग : अजाक्सलाई हराउँदै लिभरपुल नकआउट स्टेजमा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १:५६,

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको नकआउट स्टेजमा पुग्न सफल भएको छ। गत राति भएको खेलमा लिभरपुलले अजाक्सलाई १–० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यसलाई लिगकै ठूलोमध्ये एउटा रात्रि भएको संज्ञा दिए। लिभरपुलले लिगको ग्रुप डी विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि १९ वर्ष ३ सय ६ दिनका कर्टिस जोन्सले गोल गरेका थिए। लिगमा कम उमेरमा गोल गर्ने उनी तेस्रो खेलाडी बनेका छन्।

यसअघि लिभरपुल एटलान्टासँग पराजित भएको थियो। योसँगै लिभरपुलको ग्रुप डीमा ५ खेलमा ७ गोल अन्तरसहित १२ अंक छ भने एटलान्टाको ८, अजाक्स ७ र मिड्टजेल्यान्डको १ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .