ad ad

खेल


आईसीसीले एक वर्ष थप्यो नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता

आईसीसीले एक वर्ष थप्यो नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ९:१०,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थप गरेको छ।

कोरोनाभाइरस संक्रमणको महामारीका कारण निर्धारित खेल तालिकाहरु अवरुद्ध भएका कारण सन् २०२२ सम्म रहेको नेपालको मान्यतालाई एक वर्ष लम्ब्याइएको हो।

बुधबार जारी नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा उद्घाटनका क्रममा अध्यक्ष चतुरबहादुर चन्दले सो कुरा बताएका हुन्।

‘नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई आईसीसीले एक वर्ष थपेको छ’, चन्दले भने, ‘अब नेपालको मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ।’

यसअघि सन् २०१८ मा जिम्बाब्बेमा भएको एक दिवसीय विश्वकप छनोटबाट नेपालले उक्त मान्यता पाएको थियो। नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डसँग खेलेको थियो।

यस्तै क्यानले आफू मातहत रहेको मैदानलाइ स्तरोन्नति गर्न लागिरहेको बताए।

मार्चमा हुने त्रिकोणात्मक सिरिजअगाडि नै नेपाली राष्ट्रिय टोलीले प्रशिक्षक पाउने चन्दले बताए। नोभेम्बरको अन्त्यसम्म वा डिसेम्बरको सुरुवातमा नयाँ प्रशिक्षक नियुक्ति गरिसक्ने चन्दले बताए।

क्यानको जारी वार्षिक साधारण सभामा वार्षिक लेखापरीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनीति निर्माण, जिल्ला तथा प्रादेशिक संघको निर्माण, संघ पदाधिकारी र कर्मचारीको कोड अफ क्नडक्ट निर्माण, फ्रेन्चाइजी क्रिकेट, एन्टिकरप्सन, एन्टी डोपिङ्ग लगायतका विषयहरु समेटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .