ad ad

खेल


के ५४ वर्षे टाइसन ५८ वर्षका होलिफिल्डसँग भिड्न डराएका हुन्?

के ५४ वर्षे टाइसन ५८ वर्षका होलिफिल्डसँग भिड्न डराएका हुन्?

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १०:११,

हाल टाइसन सहयोगार्थ उद्देश्यका साथ आयोजना गर्न लागिको बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका छन्।

टाइसनले यसै महिनाको २८ तारिखमा ५१ वर्षका रोय जोन्ससँग प्रतिस्पर्धा गर्नेछन्। खेल जीवनबाट लामो समययता सन्यास लिएका दुवै बक्सरले पाको उमेरमा बक्सिङ खेल्नुको उद्देश्य विशेष अभियानलाई सहयोग पुर्याउनु रहेको बताइएको छ।

अमेरिकामा पछिल्लो समय रंगभेदी आन्दोलन चर्किएको छ। प्रहरीले काला जातिमाथि ज्यादती गरेको आरोप लाग्ने गरेको छ।

यसबीचमा काला जाति उत्थानका लागि आयोजित अभियानमा रकम संकलन गर्न यो खेल आयोजना गर्न लागिएको हो।

How hard does Mike Tyson hit? Lennox Lewis, Evander Holyfield and more  reveal what it's like to take a punch from boxing's comeback 'kid'

अमेरिकी संचारमाध्यमका अनुसार टाइसनलाई इभान्डर होलिफिल्डसँग बक्सिङमा तेस्रोपटक प्रतिस्पर्धा गर्न भनिएको थियो। तर यस सहयोगार्थ खेलमा टाइसनले होलिफिल्डसँग प्रतिस्पधा गर्न नमानेको बताइएको छ।

उनले होलिफिल्डलाई छाडेर रोय जोन्सलाई प्रतिस्पर्धीको रुपमा छानेको जनाइएको छ।

होलिफिल्डसँग टाइसन दुईपटक पराजित भएका थिए। सन् १९९६ र १९९७ मै टाइसनले होलिफिल्डको कान टोकेका थिए। यद्यपी उनी होलिफिल्डसँग पराजित भएका थिए।

होलिफिल्ड पनि यतिबेला सहयोगार्थ खेलका लागि प्रशिक्षण गरिरहेका छन्। उनको प्रतिस्पर्धी भने तोकिन बाँकी छ।

टाइसनले होलिफिल्डसँग खेल्न नमानेपछि टाइसन डराएको भनेर हल्ला चलेको छ। एजेन्सी

Pause, rewind, play: Mike Tyson, Evander Holyfield and the story behind the  infamous bite

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .