ad ad

खेल


क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

नेपालखबर
साउन १२, २०७६ आइतबार ३:५७,

आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ।

लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आइतबार निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए।

३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गरेका छन्।

क्रिकेट सङ्घ मकवानपुरले शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाएको जनाएको छ।

खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताए। श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .