ad ad

खेल


राजस्थानमाथि कोलकत्ताको सहज जित

राजस्थानमाथि कोलकत्ताको सहज जित

नेपालखबर
असोज १५, २०७७ बिहिबार १:३३,

इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा राजस्थान रोयल्समाथि कोलकत्ता नाइट राइडर्सले ३७ रनको सहज जित हात पारेको छ।

कोलकत्ताले दिएको १७४ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा समेटियो।

उसका टम कुर्रानले ३७ बलमा २ चौका, ३ छक्कासहित ५४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन। यस्तै जस बटलरले २१ तथा राहुल टेवटियाले १४ बाहेक अन्यको प्रदर्शन राम्रो भएन।

कोलकत्ताका शिभम माभी, कमलेस नगरकोटी र वरुण चक्रवतीले समान दुई दुई विकेट लिए।

त्यसअघि कोलकत्ताले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका शिभम गिलले ३४ बलमा ५ चौका र एक छक्कासहित ४७ रन जोडे।

यस्तै इयोन मोर्गनले ३४, आन्द्रे रसेलले २४, नितेश रानाले २२ तथा सुनिल नारिनेले १५ रन जोडे।

राजस्थानका जेफ्रा आर्चरले दुई विकेट लिनुभयो।

तीन खेल खेल्दा राजस्थानले यो पहिलो हार ब्यहोरेको हो। त्यति नै खेलमा कोलकत्ताको दोस्रो जित हो।

दुबै टोलीको समान चार अंक भएपनि रनरेटका आधारमा कोलकत्ता दोस्रो र राजस्थान तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .