ad ad

खेल


क्रिकेट संघद्वारा मुख्य प्रशिक्षक, ७ प्रशिक्षकलगायत महत्वपूर्ण पदपूर्ति तयारी, केहि नियुक्त

क्रिकेट संघद्वारा मुख्य प्रशिक्षक, ७ प्रशिक्षकलगायत महत्वपूर्ण पदपूर्ति तयारी, केहि नियुक्त

नेपालखबर
साउन ५, २०७७ सोमबार १७:४०,

नेपाल क्रिकेट संघको सोमबार सम्पन्न कार्यसम्पादन कमिटीको बैठकले बिभिन्न सात निर्णय गरेको छ।

सो बैठकले संघलाई आवश्यक प्रमुख प्रशिक्षक (हेड कोच), महाप्रबन्धक, वित्त प्रबन्धक, र क्रिकेट व्यवस्थापक पदका लागि पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

त्यसका लागि उसले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग समन्वय गरी एक हप्ताभित्र सूचना प्रकासित गर्नेछ।

‘प्रादेशिक क्रिकेट संघ मातहत रहने गरी हाल ७ जना प्रशिक्षकहरुको पदपूर्तिको सूचना प्रकाासित गर्ने निर्णय गरिएको छ,’ संघद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

संघले मुलपानी क्रिकेट मैदानलाई आवश्यक ६ जना मैदान कर्मचारी थप गरेको छ।

संघले पोखरा, भैरहवा र वीरगञ्जमा एक एक जना क्रिकेट पिच क्युरेटर पनि नियुक्त गर्ने भएको छ।

त्यसैगरी, संघको वार्षिक साधारण सभा भदौ १५ गते गर्ने निर्णय गरिएको छ।

बिक्रम न्यौपानेलाई राष्ट्रिय क्रिकेट टिमको पूर्णकालिन फिजियोको रुपमा नियुक्त गरी उनलाई तत्कालको लागि अर्को निर्णय नभएसम्मको लागि टिमसँग सम्बन्धित विषयहरुको समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

‘प्रदेश समितिमार्फत् अन्य सदस्यहरु थप गर्नेगरी संघको केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको छ,’ संघका सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .