एथ्लेटिको मड्रिडबाट बार्सिलोनामा हालै अनुबन्ध भएका स्टार खेलाडी एन्टोनी ग्रीजम्यानले मेस्सीको प्रशंसा गरेका छन्।
एन्टोनी ग्रीजम्यानका अनुसार मेस्सी वर्तमान विश्व फुटबलका नं एक खेलाडी हुन्।
उनले बार्सा टिभीसँगको कुराकानीमा भने,‘मेस्सी फुटबलका नं एक हुन्, जस्तै लेब्रोन जेम्स बास्केटबलका नं एक हुन्।’
ग्रीजम्यानले मेस्सीसँग कसैसँग नभएको अनौठो फुटबल कला भएको बताए। उनले आफू मेस्सीसँग खेल्न आतुरसमेत भएको बताए।
ग्रीजम्यानलाई बार्साले पाँच वर्षको लागि १२० मिलियन युरोमा अनुबन्ध गरेको हो।
प्रतिक्रिया