ad ad

खेल


राष्ट्रपति भण्डारीद्वारा खेलकुद विकास ऐन प्रमाणिकरण

राष्ट्रपति भण्डारीद्वारा खेलकुद विकास ऐन प्रमाणिकरण

नेपालखबर
असार ११, २०७७ बिहिबार १५:३४,

राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद विकास ऐनलाई प्रमाणिकरण गरेकी छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित ऐनलाई राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै अब नेपालमा खेलकुदको नयाँ ऐन लागु हुनेछ।

नयाँ ऐन लागू भएसँगै खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ। अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संरचनामा पनि परिवर्तन हुनेछ।

यद्यपी अहिले रहेका पदाधिकारी उपाध्यक्ष, सदस्य सचिव र अन्य सदस्यहरुले आफ्नो पदावधि पुरा गर्न पाउने र नयाँ नियुक्तिका हकमा नयाँ ऐन अनुसार हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।

मन्त्री विश्वकर्माले भने, ‘अहिले खेलकुदमा रहेको समस्या र चुनौतीलाई पुरानो ऐनले मात्र सम्बोधन गर्ने अवस्था थिएन। त्यसैले नयाँ ऐन आएसँगै विद्यमान धेरै समस्याको हल गर्न सक्छौं।’ यो नयाँ ऐनलाई आफूले ऐतिहासिक उपलब्धिका रुपमा लिएको मन्त्री विश्वकर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .