ad ad

खेल


कोरोनाले रोकिएको ला लिगा फर्कदा रियल मड्रिडको सहज जित

कोरोनाले रोकिएको ला लिगा फर्कदा रियल मड्रिडको सहज जित

नेपालखबर
असार १, २०७७ सोमबार १:४३,

कोरोना महामारीले रोकिएको स्पेनिस ला लिगा फुटबल पुन: सुरु हुँदा आइतबार राति रियल मड्रिडले विजयी सुरुआत गरेको छ।

प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि २००औं खेलमा प्रशिक्षकत्व निभाएको दिन रियलले इबरलाई ३-१ ले पराजित गरेको हो।

योसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी २ अंकमा छोट्याएको छ। रियलले २८ खेलबाट ५९ अंक जोडेको छ। त्यतिनै खेलबाट शीर्षमा रहेको बार्सिलोनाको ६१ अंक छ।

बेर्नाबेउ स्टेडियम पुर्न: निर्माण भईरहेकाले रियलले आफ्ना बाँकी घरेलु खेलहरु ट्रेनिङ मैदान इस्टाडियो अल्फिडो मैदानमा खेलिरहेको छ।

टोनी क्रुसले चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफ अघि नै सर्जियो रोमास र मार्सेलोले थप २ गोल गरे। इबरका लागि ६०औं मिनेटमा पेड्रो बिगासले एक गोल फर्काए।

दोस्रोपल्ट क्लबको प्रशिक्षकत्व सम्हाल्न आएका जिदान २ सय खेलमा प्रशिकत्व सम्हाल्ने रियलका तेस्रो प्रशिक्षक हुन। रियलमा रहँदा उनले क्लबलाई १० उपाधि दिलाइसकेका छन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .