ad ad

खेल


ओलम्पिक कमिटी अब संघीय संरचनामा

ओलम्पिक कमिटी अब संघीय संरचनामा

वाशुदेव मिश्र
चैत ४, २०७६ मंगलबार १३:३,

नेपाल ओलम्पिक कमिटी अब संघीय संरचनामा जाने भएको छ। पोखरामा मंगलबार सम्पन्न बैठकले ओलम्पिक कमिटीलाई संघीय संरचनामा लैजाने निर्णय गरेको हो।

बैठकले संघीय संरचनामा जाने निर्णयसँगै प्रदेश संयोजक पनि तोकेको छ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार प्रदेश नम्बर १ को संयोजकमा पिताम्बर तिमिल्सिना रहेका छन् भने प्रदेश नम्बर २ मा अशोकरत्न बज्राचार्य संयोजक तोकिएका छन्। यसैगरि बागमतीमा सुनिलबहादुर श्रेष्ठ, गण्डकीमा तेजबहादुर गुरुङ, प्रदेश नम्बर ५ मा तुलसी थापा, कर्णालीमा दीपकहर्ष बज्राचार्य र सूदुरपश्चिममा रतन टण्डनलाई संयोजकको जिम्मेवारी दिइएको छ।

बैठकपछि ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विभिन्न कमिसनहरु पनि गठन गरिएको छ। उनका अनुसार महिला तथा खेलकुद संयोजकमा ज्योती राणा, संस्कृति संयोजक रामजी श्रेष्ठ, मार्केटिङ संयोजक गोपाल कक्षपती सदस्य तासी घले, प्रकाश समशेर राणा, स्पोर्ट्स फर अल संयोजक विष्णु गोपाल श्रेष्ठ, मेडिकल संयोजकमा डा सरोज कृष्ण श्रेष्ठ, स्पोर्ट्स मनोबिज्ञान संयोजक ईन्द्र गुरुङ, शान्ती द्वारा खेल संयोजक रमेश महर्जन, स्पोर्ट्स तथा वातावरण संयोजक गोवर्धन श्रेष्ठ र सुचना संयोजक मोहन नेपाललाई चयन गरेको हो।

एथलेटिक कमिशन र ओलम्पिक एसोसिएसन कमिटी भने चुनावको माध्यमबाट ३ महिना भित्र गठन गर्ने निर्णय गरेको गरेको उनले बताए। बैठकले पूर्व अध्यक्ष राणासहित, ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गरेको छ।

बैठकले पोखरामा एसियाली चिल्ड्रेन गेम्स २०२० आयोजना गर्न संघीय सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .