आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता इङल्यान्डले पहिले फिल्डिङ गर्ने भएको छ।
गुयानाको नेसनल स्टेडियममा इङल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गर्ने भएको हो।
सवा ८ बजे सुरु हुनुपर्ने खेल वर्षाले प्रभावित भएपछि ढिला गरि खेल सुरु हुन लागेको हो। तर खेलमा ओभर घटाइएको छैन।
दोस्रो सेमिफाइनलको विजेताले नवौं संस्करणको उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ।
आजै बिहान भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।
174
Shares
प्रतिक्रिया