ad ad

खेल


पहिलो खेललाई महत्त्वपूर्ण मानेका छौँ, बेस्ट दिन्छौँ : कप्तान रोहित

पहिलो खेललाई महत्त्वपूर्ण मानेका छौँ, बेस्ट दिन्छौँ : कप्तान रोहित

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:४७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन्।

विश्वकप सुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले विश्वकप खेल्नका लागि आफूहरू सबै उत्साहित रहेको पनि बताए। 

उनले १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको भन्दै सबैभन्दा राम्रो प्रदर्शन गर्ने पनि बताए। उनले अहिलेका खेलाडीहरुको सपना आज पूरा हुन लागेको बताउँद्र उनले पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने बताए।

‘हामी सबै जना उत्साहित छौँ। यो इभेन्ट एकदमै महत्त्वपूर्ण छ। विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ। १० वर्षपछि हामी विश्वकप खेल्दैछौँ। नेपाल क्रिकेटको लागि यो महत्त्वपूर्ण कुरा हो। हाम्रो यो सपना थियो। हामीले त्यो अवसर पाइरहेका छौँ,’ उनले भने। 

‘२० वटा टिम छन्। सबै टिम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ। नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ। जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ। हामी बेस्ट दिनेछौँ। टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसले एउटा आत्मविश्वास दिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .