बलर करण केसीले साउदी अरेबियाको दोस्रो विकेट लिएका छन्।
यसअघि पहिलो ओभरमा १ विकेट झारेका उनले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा साउदीका मानन अलिलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराएका हुन्।
यसअघि करणको बलमा साउदीका फैजल खान कुशल मल्लको हातबाट क्याचआउट भएका थिए।
नेपालले साउदी अरेबियाविरुद्ध समूहचरणको अन्तिम खेल खेलिरहेको छ।
चिसो मैदानका कारण ८ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।
132
Shares
प्रतिक्रिया