गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग बुधबार बिहे गरेकी छन्।
झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित विवाह समारोहकाबीच उनीहरूले लगनगाँठो कसेका हुन्।
एलिना र विष्णु दुई वर्षदेखि प्रेममा थिए।
बीचमा सम्बन्ध टुटेको खबर पनि फैलिएको थियो।
तर त्यसको केही समयपछि नै उनीहरूले बिहे गरेका हुन्।
गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्छन्।
732
Shares
प्रतिक्रिया