व्यक्तिगत कारण विराट कोहलीले इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिजका बाँकी खेल नखेल्ने भएका छन्।
यसअघि उनले पहिलो दुई टेस्ट म्याचबाट आफ्नो नाम फिर्ता लिएका थिए।
कोहली अब बाँकी तीन टेस्ट खेलमा उपस्थित नहुने बीसीसीआईले शनिबार जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत कारणले विराट कोहली सिरिजका बाँकी खेलमा उपलब्ध हुने छैनन्। बोर्ड कोहलीको निर्णयलाई समर्थन र सम्मान गर्दछ।’
जब कोहली पहिलो दुई खेलमा देखिएनन्, बोर्डले ‘केही व्यक्तिगत अवस्था र अपरिहार्य उपस्थिति’ उल्लेख गरेको थियो।
कोहलीले भारतका लागि ११३ टेस्ट खेलेका छन्।
हालको सिरिजमा भारत र इंग्ल्यान्ड १–१ को बराबरीमा छन् र थप तीन टेस्ट खेल्न बाँकी छ। तेस्रो खेल यही फेब्रुअरी १५ तारिख राजकोटमा हुनेछ।
240
Shares
प्रतिक्रिया