ad ad

खेल


आकाश चन्दको धारिलो बलिङसामु निरीह अफगानिस्तान, छैटौं विकेट गुमायो

आकाश चन्दको धारिलो बलिङसामु निरीह अफगानिस्तान, छैटौं विकेट गुमायो

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १५:५, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपमा आकाश चन्दले अफगानिस्तानको छैटौँ विकेट झारेका छन्। 

सुपर सिक्समा पुग्नका लागि निर्णायक खेलमा आकाश चम्किदा अफगानिस्तान नाजुक अवस्थामा पुगेको छ। 

आकाशले ५.३ ओभरमा मात्र ९ रन खर्चदा ५ विकेट लिएका छन्। गुल्सनले एक विकेट झारे।

आकाशले व्यक्तिगत पाँचौँ विकेट लिदा हसन इसाकिलको विकेट लिएका हुन्। उनले १२ औं ओभरको तेसस्रो बलमा २० रन बनाएका हसनलाई पेभेलियनकाने बाटो देखाए। 

इष्ट लन्डनको बफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानले १२ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ। 

आकाशले १० ओभरको पहिलो बलमा व्यक्तिगत चौथो विकेट लिदा नेपाललाई पाचौँ सफलता हात लागेको छ।

आकाशले नेपालको पाँचौँ विकेटका रुपमा अलि अहमदलाई पहिलो बलमा नै पेभेलियनको बाटो देखाए। आठौं ओभरको अन्तिम बलमा सोहेललाई क्याच आउट गराए। 

दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले खालिम तनिवाललाई शुन्य रनमा विकेट किपर विपिन रावलको हातबाट क्याच आउट गराए। 

छैटौँ ओभरको पाँचौ बलमा आकाश चन्दले नै अर्का ओपनर जम्सुद जड्रानलाई ३ रनमा बोल्ड आउट गरे। 

पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शून्य रनमा नै दिपक डुम्रेको हातबाट क्याच आउट गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .