ad ad

खेल


भारतविरुद्ध इंग्ल्याण्डको उत्कृष्ट सुरुवात, बेरेस्ट्रोको शतक

भारतविरुद्ध इंग्ल्याण्डको उत्कृष्ट सुरुवात, बेरेस्ट्रोको शतक

एजेन्सी
असार १५, २०७६ आइतबार ११:३८,

 आइसीसी विश्वकप क्रिकेट –२०१९ मा जारी खेलमा भारतविरुद्ध आयोजक इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ।

व्रिघटनमा टस जितेर ब्याटिङ थालेको इंग्ल्याण्डले २७ ओभर सकिदा १ विकेट गुमाएर १ सय ९२ रन जोडेको छ।

उसका ओपनर जोनी बेरेस्ट्रो शतक बनाएर खेलिरहेका छन्। २७ ओभर चलिरहँदा बेरेस्ट्रो ९८ बलमा १ सय ९ रन बनाएर खेलिरहेका छन्।

पहिलो विकेटका लागि बेरेस्ट्रो र जोसन रोयबीच १ सय ६० रनको साझेदारी भएसँगै इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको हो।

रोय २३औं ओभरमा ६६ रन बनाएर पवेलियन फर्किए। उनले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .