एएफसी एसियन कपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ। कतारमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार साँझ भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो।
एएफसी एसियन कप अन्तर्गतकाे पहिलो खेलमा पनि भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो।
योसँगै भारत एसियन कपमा दोस्रो पटक छनोट भएको थियो। चालु प्रतियोगितामा भारतले सुरुवातका दुई खेलमै हार बेहोरेको छ।
भारतले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन।
उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेव, शेरजोड नस्रुलोएभले गोल गरे।
108
Shares
प्रतिक्रिया