ad ad

खेल


प्रधानमन्त्री कप : सुदूरपश्चिमले गण्डकीलाई दियो २०१ रनको लक्ष्य

प्रधानमन्त्री कप : सुदूरपश्चिमले गण्डकीलाई दियो २०१ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
माघ ४, २०८० बिहिबार १२:५८, काठमाडौँ

किरण ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशसामु २०१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ५० ओभरमा २०१ रन बनाउँदा अलआउट भयो। 

किरण ठगुन्ना ६० रनमा आउट भए। उनले ७३ बलमा ५ चौका हाने। 

नारायण जोशीले बनाएको ४६ रन थपे। ५६ बलमा २ चौका र २ छक्का प्रहार गरेका जोही अंकित न्यौपानेको बलमा बोल्ड आउट भए। 

शेर मल्लले १९, राजु रिजालले १६ र टेक रावतले १५ रन थपे। नरेन सावदले १३ रन बनाए। 

गण्डकीका विपिन मल्ल र अंकति न्यौपानेले समान ३ विकेट लिए। अमृत गुरुङ र कमल परियारले समान २ विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .