ad ad

खेल


दुई खेलअगावै सुपरओभरमा भारतलाई शृंखला

दुई खेलअगावै सुपरओभरमा भारतलाई शृंखला

नेपालखबर
माघ १५, २०७६ बुधबार ११:५६,

सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पाँच खेलको ट्वान्टी–२० सिरिज भारतले २ खेलअगावै आफ्नो पक्षमा पारेको छ। सुपर ओभरमा न्युजिल्यान्डले दिएको १८ रनको चुनौतीलाई पछ्याएको भारतले अन्तिम बलमा छक्का प्रहार गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।

सुपर ओभरमा भारतलाई अन्तिम २ बलमा १० रन आवश्यक हुँदा रोहितले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। सुपर ओभरअघि पाहुना टोली भारतले प्रस्तुत गरेको १ सय ० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रनमा सीमित भएपछि खेल सुपर ओभरमा गएको थियो।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ९५ रनको उत्कृष्ट पारी खेले। ४ बलको सामना गरेका उनले ८ चौका र ६ छक्कासहित ९५ रन बनाएका थिए। ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले ३१ रन र कोलिन मुनरोले १४ रन जोडे। भारतका शार्दुल ठाकुर र मोहम्मद शामिले समान २ विकेट लिए। युजवेंद्र चहल र रविन्द्र जडेजाले पनि आफ्नो नाममा १–१ विकेट लेखाए।

त्यसअघि हामिल्टनस्थित सेडानपार्कमा सिरिजको तेस्रो खेलमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो। ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलले ९ रनको साझेदारी गरे। लोकेश ८ दशमलव ६ ओभरमा २७ रन जोड्दा कोलिन डीको बलमा मुनरोको हातबाट क्याच आउट भए। हामिश बेनेटको बलमा क्याच आउट भएका रोहितले ६५ रनको योगदान दिए। ४० बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान विराट कोहलीले ३ रन जोडे।

न्युजिल्यान्डका हामिश बेनेटले ३ तथा कालिन डी ग्राण्डहोम र मिचेल सान्टनरले समान १ विकेट लिए। सिरिजको चौथो खेल पर्सि शुक्रबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .