ad ad

खेल


बुटवल लुम्बिनीको मार्कीमा एरिक बिष्ट

बुटवल लुम्बिनीको मार्कीमा एरिक बिष्ट

नेपालखबर
असोज ९, २०८० मंगलबार २०:१८, काठमाडौँ

बुटवल लुम्बिनी एफ।सीले  दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक बिष्टसँग सम्झौता गरेको छ। 

पहिलो संस्करणको नेपाल सुपर लिग, ए डिभिजन लिग र नेपाल राष्ट्रिय टोलीमा एरिक अहिले निकै महत्वपूर्ण योगदान दिएका थिए।

नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका  खेलाडी २३ वर्षीय एरिक बिष्टले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट  खेल्ने गरेका छन्।

उनले टोली यस पटक सहिद स्मारक लिगको विजेता बन्दा महत्वपूर्ण योगदान गरेका थिए।
  
मार्की खेलाडीमा अनुबन्ध भएपछि एरिकले आफु यस सिजनको नेपाल सुपर लिगका लागि निकै उत्साहित रहेको बताए।

‘बुटवल लुम्बिनी एफसीका लागि यस सिजन मार्की खेलाडीको रुपमा आउन पाउदा निकै खुशी छु र उतिकै उत्साहित पनि, अब बन्ने टिममा पनि विश्वाश गरेको छु, निकै राम्रो टिम बन्ने छ र हामी यो पटक टाइटलका लागि खेल्ने छौं,’ उनले भने।

बुटवल लुम्बिनीले अघिल्लों सीजन प्ले अफ खेलेको थियो। यो सीजनको एनएसएल नोभेम्बर २४ देखी सुरू हुने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .