ad ad

खेल


न्युक्यासलविरुद्ध आर्सनलको जित, उपाधि होड बन्यो थप रोमाञ्चक

न्युक्यासलविरुद्ध आर्सनलको जित, उपाधि होड बन्यो थप रोमाञ्चक

नेपालखबर
बैशाख २५, २०८० सोमबार ७:२९, काठमाडौँ

लन्डन क्लब आर्सनलको जितसँगै इंग्लिस प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ। 

आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोली न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी छोट्याएको छ। 

आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले एक गोल गरे। एक गोल उपहार पायो। 

खेलको १४औं मिनेटमा कप्तान ओडेगार्डले जर्गिन्होको पासमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा उपहार गोल पायो। 

खेलको ७१औं मिनेटमा फावियनले आत्मघाती गोल गरेपछि आर्सनलले जित सुनिश्चित गर्‍यो। 

जितसँगै आर्सनलले शीर्षस्थानको सिटीसँगको अंक दूरी जम्मा १ मा घटाएको छ। आर्सनलको ३५ खेलबाट ८१ अंक छ। एक खेल कम खेलेको सिटीको ८२ अंक छ। पराजित न्युक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ। 

गएरातिकै अर्को खेलमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले भने हार भोगेको छ। 

युनाइटेडले घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग १–० को हार भोग्दै शीर्ष ३ मा उक्लने मौका गुमायो। 

वेस्टहयामका लागि सेड बेनरहमाले गरेको गोल नै निर्णायक बन्यो। 

युनाइटेड ३४ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा यथावत् छ। वेस्ट ह्याम ३५ खेलमा ३७ अंक जोडेर १५औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .