ad ad

खेल


सन्दीपको जुत्तामा ‘भिजिट नेपाल’ लेखिएपछि अस्ट्रेलियन टीभीमा भयो यसको चर्चा

सन्दीपको जुत्तामा ‘भिजिट नेपाल’ लेखिएपछि अस्ट्रेलियन टीभीमा भयो यसको चर्चा

नेपालखबर
पुस २३, २०७६ बुधबार १२:४,

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको मेलबर्न स्टार्सले बिग बास लिग बीबीएल क्रिकेटमा बुधबार छैटौं जित निकाल्यो।

पुरा चार ओभर बलिङको मौका पाएका सन्दीपले आज विकेट लिन सकेनन्। उनले ४ ओभरमा ३९ रन खर्च गरे।

सन्दीपले बलिङ गरिरहँदा अस्ट्रेलियाको फक्स टेलिभिजनमा उनले लगाएको जुत्ता देखाइएको थियो। उक्त जुत्तामा ‘भिजिट नेपाल २०२०’ लेखिएको थियो।

सन्दीपको जुत्तामा क्रिकेट कमेन्टेटरले भिजिट नेपाल २०२० देखेपछि उनीहरुले नेपाल भ्रमण वर्षबारे केहीबेर चर्चा गरेका थिए।

फक्स टीभीमा लाइभ खेल भइरहेको अवस्थामा एक कमेन्टेटरले अर्का कमेन्टेटरलाई ‘के तिमी कहिले नेपाल गएको छौं?’ भनेर सोधेको सुन्न सकिन्थ्यो। उत्तरमा अर्काले ‘छैन तर म हिमाल भएको देश जान इच्छुक छु’ भनेको सुन्न सकिन्थ्यो।

मेलबर्नमा बुधबार भएको खेलमा सिड्नी थन्डरलाई सन्दीपको टोलीले ६ विकेटले पराजित गरेको हो।

सिड्नीले दिएको १ सय ४६ रनको लक्ष्य मेलबर्नले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको थियो।

जितसँगै मेलबर्न स्टार्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। मेलबर्नले ७ खेलमा १२ अंक जोडेको छ।

सिड्नी ८ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .