ad ad

खेल


एनपीएलका लागि आन्तरिक गृहकार्य सुरु

एनपीएलका लागि आन्तरिक गृहकार्य सुरु

नेपालखबर
पुस २३, २०७६ बुधबार ११:५५,

नेपाल क्रिकेट लिग एनपीएल आयोजना गर्नका लागि नेपाल क्रिकेट संघ क्यानले आन्तरिक गृहकार्य सुरु गरेको छ। आगामी अक्टोबर नोभेम्बरमा प्रतियोगिता गर्ने गरि तयारी सुरु गरेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए।

एनपीएल हामी आफैले आयोजना गर्ने की कसैलाई जिम्मा दिने भन्ने विषयमा छलफल भैरहेको छ उनले भने, ‘अन्तर्राष्ट्रिय ठुलो प्रतियोगिता सुरुमा आयोजना गर्दा यस्तो प्रयास भएको छ त्यही अनुरुप हामीपनि ड्राफ्ट तयार पारिरहेका छौ।’ 

घरेलु क्रिकेटलाई बलियो बनाउनका लागि जिल्लादेखि नै टोली मजबुत हुनुपर्छ त्यसैले सोही अनुरुप नै काम गर्ने योजना तयार पारेका छौ चन्दले भने।

छलफलमा क्यानले वार्षिक कार्यक्रमको खाका पनि तयार पारेको छ। जसमा जिल्ला स्तरमा यू–१६, यू–१९, स्कुल स्तरका क्रिकेट प्रतियोगिता गर्ने अवधारणा क्यानले बनाएको छ। जसमा उत्कृष्ट हुने खेलाडीले प्रदेश स्तरमा प्रतिस्पर्धा गर्नेछन्।

प्रदेशमा पनि अन्तप्रदेश यू–१६, यू–१९ पुरुष र महिलाका लागि प्रतियोगिता गर्ने ड्राफ्ट पनि बनाइरहेका छौ। एकदिवसीय क्रिकेट तिनै स्तरमा गरिनेछ। जसमा ३९ जिल्ला र ७ प्रदेशमा हुनेछ।

टि–ट्वान्टी र दुई दिने प्रतियोगिता गर्ने योजनामा क्यान छ। अध्यक्ष चन्दले भने, ‘सिनियर पुरुष र महिलाका लागि दुई दिवसीय प्रतियोगिता गर्ने तयारीमा छौ। जसमा पुरुषको एक दिनमा ९० ओभरको र महिलाहरुका लागि ३०–३० ओभरको चार ईनिङस्मा खेल गर्ने प्रस्ताव भएको छ, यसमा हामीले छलफल गरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .