नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा एक्लैको पाँच गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिगमा इस्ट बंगाललाई पराजित गरेको छ।
बुधबार भएको खेलमा साविक विजेता गोकुलमले इस्ट बंगाललाई ८–२ को फराकिलो अन्तरले हराएको हो।
गोकुलमको जितमा सावित्रा एक्लैले पाँच गोल गर्दा इन्दु, ग्रेस र भिभियनले एक एक गोल थपे। साम्बाले खेलको २२ मिनेटमा नै ह्याट्रिक पूरा गरेकी थिईन्। दोस्रो हाफमा थप २ गोल गरिन्।
सावित्राले खेलको दोस्रो, तेस्रो र २२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन्। खेलको ७० र ८९ मिनेटमा दुई गोल थपिन्। े। सावित्रा लिगको पहिलो खेलमा नै प्लेयर अफ दि म्याच समेत बनिन्।
खेलको छैटौं मिनेटमा इन्दुले तथा ७९ औं मिनेटमा ग्रेसले गोल थपिन्। भिभियनले ८१ औं मिनेटमा गोल गरिन्।
आजै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी रेखा पौडेल सम्मिलित स्पोट्र्स ओडीशाले हप्स फुटबल क्लबलाई ३–२ ले पराजित गरेको थियो। ओडिसाको जितमा रेखाले एक गोल गरेकी थिईन्।
Shares
प्रतिक्रिया