सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लवले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन्।
खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके। खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन्।
त्यस्तै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले जित हासिल गरेको छ। सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो। सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे।
एनआरटीका निकोलस सङले एक गोल फर्काए। खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए।
तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए। ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए।
Shares
प्रतिक्रिया