ad ad

खेल


आईसीसी विश्वकप लिग २ : नेपालको विजयी सुरुवात

आईसीसी विश्वकप लिग २ : नेपालको विजयी सुरुवात

नेपालखबर
फागुन १५, २०७९ सोमबार १८:४८, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको जित निकालेको छ। 

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई छ विकेटले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको छ। 

पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले  ४२.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका दिलाएका थिए। 

३९ बलको सामना गरेका आशिफले ५ चौका हान्दै ४४ रनमा रनआउट भए। 

कुशल भुर्तेल ५६ रन बनाउँदा क्याच आउट भए। ६९ बलमा कुशलले ५ चौका हाने। ज्ञानेन्द्र मल्ल ४ रनमा बोल्ड आउट भए। आरिफ शेख ३८ र कप्तान रोहित पौडेल २० रनमा पवेलियन फर्के। दिपेन्द्र सिंह ऐरिले १८ रन थपे। 

पीएनजीका असद भालाले ३ विकेट लिए। कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा नटआउट रहे। 

त्यसअघि दुवईको इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रनको योगफल तयार पारेको थियो। 

नेपालका गुलसन झा एक्लैले तिन विकेट लिए।  ९ ओभर बलिङ गरेको उनले २८ रन दिए। 

कुशल मल्लले २ विकेट झारे। सोमपाल कामी, करण केसी र प्रतिश जिसीको नाममा एक एक विकेट रह्यो। 

पीएनजीका लागि कप्तान असाद भाला र चाड सोपरले समा ३६ रन बनाए। सेसे बाउ ३१ रनमा पवेलियन फर्के। किप्लीन डोरिगाले २९ र नोरमान भाउवाले २५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .