ad ad

खेल


पीपीएल फाइनलः अनिल र रोहनको अर्धशतकपछि विराटनगरले पायो विशाल लक्ष्य

पीपीएल फाइनलः अनिल र रोहनको अर्धशतकपछि विराटनगरले पायो विशाल लक्ष्य

नेपालखबर
पुस १२, २०७६ शनिबार ६:२४,

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो।

कप्तान पारस खड्का आक्रामक सुरुआत दिलाउने उदेश्यले आफै ओपनिङमा रोहन मुस्तफासँग क्रिजमा आएका थिए। उदेश्यअनुरुप तेस्रो ओभरमा जितेन्द्र मुखियालाई चार चौका र एक छक्का प्रहार गर्दै पारसले चितवनको पारी अघि बढाए।

चौथो ओभरमा किशोर महतोले पारसलाई डिप मिडविकेटमा नोमन खानको हातबाट क्याच गराए। पारसले ११ बलमा चार चौका र एक छक्कासहित २५ रन जोडे। पाँचौं ओभरमा बाबर हायातलाई मोहम्मद जाइद आलामले बोल्ड पारेपछि विराटनगर खेलमा फर्कियो। बाबरले ५ बलमा एक चौकासहित ५ रनमात्रै जोड्न सकेँ।

तेस्रो विकेटका लागि रोहन मुस्तफालाई अनिलकुमार साहले राम्रो साथ दिँदा चितवनले पुनः लय समात्यो। पन्ध्रौं ओभरको पाँचौं बलमा एक रन लिदैँ अनिलले अर्धशतक पूरा गरे। ३३ बलमा उनले ३ चौका र ३ छक्कासहित ५० रन बनाएका थिए।

अर्को ओभरको पहिलो बलमा नै पुनित मेहराले अनिललाई जाइद आलामको हातबाट बाउन्ड्रीमा क्याच गराए। अनिलले ३४ बलमा ५० रनको पारी खेले। त्यसबेला अनिल र रोहनले ६३ बलमा ९५ रनको साझेदारी गरेका थिए।

पुनितको त्यही ओभरमा रोहन मुस्तफाले एक रन लिदैँ आफ्नो अर्धशतक पूरा गरेका थिए। चौथो बलमा मुस्तफालाई मेहराले नै नोमन खानको हातबाट क्याच गराउँदै विराटनगरलाई खेलमा फर्काए। मुस्तफाले ४३ बलमा ३ चौका र एकछक्कासहित ५० रन बनाए।

जाइदले उन्नाइसौं ओभरको पहिलो बलमा आरिफ सेखलाई लगअन क्षेत्रमा जितेन्द्र मुखियाको हातबाट क्याच गराए। आरिफले ११ बलमा एक चौका र दुई छक्कासहित १९ रन जोडे।

अन्तिम ओभरमा करण केसीले २ चौका र २ छक्का प्रहार गरेपछि चितवन २०२ को स्कोरमा पुगेको हो। करणले किशोर महतोको अन्तिम ओभरको पहिलो बलमा छक्का, दोस्रो बलमा चौका, तेस्रो बलमा २ रन, चौथो बलमा छक्का, पाँचौ बलमा २ रन र अन्तिम बलमा चौका प्रहार गरेका थिए।

करण केसी ८ बलमा २६ रन र सन्नी पटेल ८ बलमा १६ रन प्रहार गर्दै नटआउट रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .