विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई ४–२ ले पाखा लगाउँदै शसस्त्र प्रहरीको एपीएफ क्लव, काठमाडौमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लगनखेलस्थित नेपाल आर्मीको मैदानमा शुक्रबार भएको खेलमा एपीएफले आर्मीलाई ४–२ गोल अन्तरले हराएको हो।
जितसँगै समुह ए मा रहेका एपीएफ विजेता र आर्मी उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएका हुन्। एपीएफको जितमा सावित्रा भण्डारीले २ तथा अनिता बस्नेत र अनु लामाले १–१ गोल गरे।
आर्मीका लागि रश्मी कुमारी घिसिङ र विमला चौधरीले एक–एक गोल फर्काए।
आजै भएको समुह ए को अर्को खेलमा प्रदेश १ ले सिक्कीमको टोलीलाई २–० ले पराजित ग-यो। प्रदेश १ का लागि सुनिता तामाङले दुवै गोल गरिन्। समुह बी बाट नेपाल पुलिस क्लव र भुटानको राष्ट्रिय टोलीले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।
समुह चरणको अन्तिम खेलमा शनिबार समुह बी को समुह विजेताका लागि नेपाल पुलिस क्लव र भुटान प्रतिस्पर्धा गर्नेछन्। भोलि नै प्रदेश ५ र प्रदेश २ पनि भिड्नेछन्।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।
प्रतिक्रिया