ad ad

खेल


महिला फुटबल टोलीकी कप्तान एञ्जिला आई लिगको टोलीमा अनुबन्धित

महिला फुटबल टोलीकी कप्तान  एञ्जिला आई लिगको टोलीमा अनुबन्धित

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १०:१७, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा भारतीय आई लिग टोली सेथु एफसीमा अनुबन्ध भएकी छिन्। 

सेथुमा आबद्ध भएपछि एञ्जिलाले भनिन्, ‘क्लबमा आबद्ध हुन पाउादा खुसी लागेको छ। पहिलाबाट नै आईलिग खेल्ने सपना थियो, यो पटक त्यो अवसर पाएको छु। आईलिगमा राम्रो खेलेर अर्को पटकको लागि पनि फेरी स्थान बनाउने गरी आफूलाई अब्बल साबित गर्न मेहनत गर्नेछु।’ 

राष्ट्रिय महिला लिगको दोस्रो चरण सुरु नभएर डिसेम्बरमा भारत जाने तयारीमा छिन्।

आईलिग टोली सेथुमा अनुबन्ध हुने एञ्जिला तेस्रो महिला खेलाडी हुन्। यसअघि सेथुबाट राष्ट्रिय टोलीकी फरवर्ड साबित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले खेलिसकेका छन्।  

साबित्राले भने पछिल्लो केही सिजन यता लिग च्याम्पियन गोकुलम केरला एफसीबाट व्यावसायिक लिग खेलिरहेकी छिन्। आईलिग खेल्ने तीनै खेलाडी एपीएफ फुटबल क्लबमा आवद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .