नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतत बुधबार सम्पन्न साइक्लिङ प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको वर्चश्व रहेको छ।
प्रतियोगिताको समग्रमा आर्मीले ४ स्वर्ण, ४ रजत र ४ कास्य पदक जितेको छ। एपिएफले २ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ।
बागमती प्रदेशले १ स्वर्ण, १ रजत पदक जितेको छ। र गण्डकी प्रदेशले १ स्वर्ण र १ कास्य पदक जितेको छ।
विधागततर्फ आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ।
एपीएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ। त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन्।
साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीले एक एक स्वर्ण पदक जिते।
पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक हात पारे।
एपीएफका सुरज रानामगरले निर्धारित दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते। आर्मीका हिमाल टमाटाले कास्य जिते।
महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण, एपीएफकी हुमी बुढामगर रजत र आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितिन्।
Shares
प्रतिक्रिया