ad ad

खेल


महिला क्रिकेट : मधेशको विजयी सुरुवात, आयोजक गण्डकी पराजित

महिला क्रिकेट : मधेशको विजयी सुरुवात, आयोजक गण्डकी पराजित

नेपालखबर
असोज २३, २०७९ आइतबार १२:५२, काठमाडौँ

मधेश प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विजयी सुरुवात गरेको छ। 

मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको हो। 

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रन बनाउँदा अलआउट भयो। 

गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रह्यो। शिलाले २२ बलको सामना गरिन्। ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै ७ बनाइन्। 

अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु धरापमा पर्दै पवेलिएन फर्किइन्। ज्योत्सना मरासिनी ५ रन जोड्दा रन आउट भइन्। कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सिमाना केसी समान २ रनमा आउट भए। सुजिता थापा र श्रद्धा गुरुङ शुन्य रनमा आउट भए। 

मधेश प्रदशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिईन्। कविता गौतम र शान्ती चौधरीले समान  विकेट लिए। सन्तोषी चौधरीले  एक विकेट लिइन्।  

त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो।  

मधेश प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिइन्। सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे। साना प्रविन र एलिसा यादवले समान १४ रन थपे। सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए। 

गोमा आले १ रनमा रनआउट भइन्। कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट भए। 

मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले ३ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १२ रन दिईन्। कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक विकेट झारे।  

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्नेछन्। खेल दिउँसो सवा १ बजेपछि सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .