केन्याविरुद्धको पाँच खेलको टी२० र तीन एक दिवसीय क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। बुधबार बिहान क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्। टोलीमा कप्तान सन्दीप लामिछाने भने फर्किएका छैनन्।
लामिछाने यसअघि नै केन्याबाट क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएका छन्। उनले केन्यामा एकदिवसीय क्रिकेटसमेत खेलेनन्। लामिछानेमाथि मंगलबार एक नाबालिकले बलात्कारको आरोप लगाएकी छिन्।
केन्या भ्रमणको क्रममा नेपालले पाँच खेलको टी२० सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो भने तीन खेलको एकदिवसीय क्रिकेटमा क्लीन स्विप गरेको थियो।
2.0k
Shares
प्रतिक्रिया