साफ यू२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपाली १–० ले पछि परेको छ।
भारतको भुवनेश्वरमा जारी खेलमा खेलमा नेपाल घरेलु टोली भारतसँग १–० ले पछि परेको हो। खेलको ३२ औँ मिनेटमा नेपालले गोल खान पुगेको हो।
खेलको सुरुवात देखि नै दबाबमा रहेको नेपालको रक्षापंक्ती केही कमजोर देखिएको छ।
आजको खेलमा भारतलाई पराजित गरे नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ। बराबरी वा हारको नतिजाले पनि नेपालले बंगलादेशसँगको खेल जित्नै पर्ने दबाब हुनेछ।
च्याम्पियसिपमा अपराजित रहेको बंगलादेशल तीन खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा छ। ६ अंकमा नेपाल दोस्रो र भारत ३ अंकमा तेस्रो स्थानमा छ।
141
Shares
प्रतिक्रिया