युरो महिला कप २०२२ को पहिलो सेमिफाइनलमा इल्याण्ड र स्वीडेन भिड्दै छन्।
खेल सोमबार मध्यराति हुँदै छ।
इंग्ल्याण्डले पहिलो क्वार्टरफाइनल खेलमा स्पेनलाई २–१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो।
निर्धारित समयमा १–१ को बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा इंग्ल्याण्डले गोल थप्दै सेमिफाइनलमा पुगेको हो।
अर्को क्वार्टरफाइनल खेलमा स्वीडेनले बेल्जियमलाई १–० ले पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो।
आजको खेलको विजेताले दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ।
युरोकपको दोस्रो सेमिफाइनल खेलमा जर्मनी र फ्रान्स खेल्नेछन्।
21
Shares
प्रतिक्रिया