तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत टेबलटेनिसको पुरुष समूहगत स्पर्धामा नेपाल लिग चरणको पहिलो खेलमा विजयी भएको छ।
लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकालाई ३–१ ले हराएको हो। नेपालबाट समूहगत स्पर्धामा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले खेलेका थिए। आजै सम्पन्न खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गरेको छ। दुवै खेल भारतले ३–० ले जितेको हो। जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
यस्तै श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो। महिलातर्फ आजै सम्पन्न खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई ३–० ले हरायो। श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३–१ सेटमा पराजित गरेको हो।
भारत महिलातर्फ पनि सेमिफाइनल प्रवेश गरेको छ। यस्तै नेपालले श्रीलंकालाई ३–० ले पराजित गर्यो। नेपाली महिला टोलीले मंगलबार बंगलादेशसँग खेल्नेछ।
प्रतिक्रिया