ad ad

खेल


लनटेनिसतर्फ नेपाल सेमिफाइनलमा

लनटेनिसतर्फ नेपाल सेमिफाइनलमा

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १४:२९,

 तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत लनटेनिसको समूहगत स्पर्धामा नेपाल पुरुष र महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएको क्वाटरफाइनल खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले हराउँदै सेमिफाइनल पुगेको हो। पुरुष एकलमा नेपालका प्रणव खनालले बंगलादेशका मोहम्मद आलमगिरलाई ६–० र ६–१ अंकले हराए।

यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयसँग पहिलो सेट २–६ अंक गुमाए पनि दोस्रो सेटमा ६–२ अंकले जिते। अन्तिम सेटमा रोय घाइते भएपछि उनले नेपाललाई सेमिफाइनलमा पुर्‍याएका हुन्।

डबल्सतर्फ नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाले। उनीहरुले नेपाललाई ३–० को जित दिलाए। अब नेपालले सेमिफाइनलमा भारतसँग प्रतिष्पर्धा गर्नेछ।

यस्तै पुरुष एकलतर्फ भुटानले माल्दिभ्सलाई ३–० ले हरायो। भुटानका पेमा नोर्बुले माल्दिभ्सका अबदुल्ला फजिललाई ७–६ र ५–५ अंकले हराए।

त्यस्तै भुटानका तान्डिन वाङ्चुकले माल्दिभ्सका इग्नाज मन्सुरलाई ६–२ र ६–४ अंकले पराजित गरे। डबल्सतर्फ भुटानका निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले माल्दिभ्सका नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६ अंकले हराए। भुटानले सेमिफाइनल पाकिस्तानसँग खेल्नेछ।

यस्तै पाकिस्तानले श्रीलंकालाई २–१ ले हरायो। एकलतर्फ पाकिस्तानका अइसम उल हक कुरेसीले श्रीलंकमका शर्मल दिसानायकेलाई ६–७, ६–४ र ६–४ अंकले हराए।

अर्को एकलमा श्रीलंकाका दिनेश कान्तन थरंगराजले पाकिस्तानका अकिल खानलाई ६–१ र ६–० अंकले पराजित गर्‍यो ।

यसैगरी डबल्सतर्फ पाकिस्तानका मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले श्रीलंकाका सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ अंकले हरायो।

यस्तै महिला समूहगत स्पर्धामा नेपाल र श्रीलंका सेमिफाइनल प्रवेश गरेका छन्। नेपालले माल्दिभ्सलाई ३–० ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .