यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम र वेल्स बराबरीमा रोकिएका छन्।
शनिबार भएको समूह डीको खेलमा दुई टोली १–१ को बराबरीमा रोकिएका हुन्।
खेलको ५० औं मिनेटमा बेल्जियमका योउरी टिएलेमन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ८६ औं मिनेटमा वेल्सका ब्रेनमान जोन्सनले बराबरी गोल फर्काका थिए।
यससँगै समूह डीमा बेल्जियमले ३ खेलबाट ४ अंक हात पार्दै दोस्रो भएको छ भने वेल्सले केवल १ अंक जोडेको छ।
यसअघिका खेलमा वेल्स पोल्याण्ड र नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
समूहको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्सले ३ खेलबाट ७ अंक जोडेको छ।
69
Shares
प्रतिक्रिया