शनिबार लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र टोटनह्यामजस्ता बलिया टोली प्रतिस्पर्धामा उत्रँनेछन्।
जारी सिजनमा हाल सम्मको अंक तालिका अनुसार लिभरपुल ३७ अंकसहित शीर्ष स्थानमा छ।
लेस्टर सिटी २९ अंकसहित दोस्रो स्थानमा छ भने २८ अंक भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ।
२६ अंक भएको चेल्सी चौथौं स्थानमा छ। १८ अंक भएको आर्सनल आठौं स्थानमा छ भने समान १७–१७ अंक भएका म्यानचेस्टर युनाइटेड क्रमश ९ औं र दशौं स्थानमा छन्।
सबै खेल तालिका नेपाली समयअनुसार
१. न्यु क्याश्चल युनाइटेड र म्यानचेस्टर सिटीः ६ बजेर १५ मिनेटमा
२. बर्नली र क्रिस्टल प्यालेसः ८ बजेर ४५ मिनेटमा
३. चेल्सी र वेस्ट ह्याम युनाइटेडः ८ बजेर ४५ मिनेटमा
४. लिभरपुल र ब्राइटनः ८ बजेर ४५ मिनेटमा
५. टोटनह्याम र एएफसी बर्नमाउथः ८ बजेर ४५ मिनेटमा
६. साउथएम्टन र वाटफोर्डः ११ बजेर १५ मिनेटमा
प्रतिक्रिया