ad ad

खेल


साग : खेल सुरु, तयारी अन्तिम चरणमा

साग : खेल सुरु, तयारी अन्तिम चरणमा

लक्ष्मी जि.सी
मंसिर ११, २०७६ बुधबार १२:९,

काठमाडौंको दशरथ रंगशालामा शनिबार उद्घाटन हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत केहि खेलहरु बुधबारदेखि शुरु भइसकेका छन्। तर त्यसका लागि आवश्यक पुर्वाधार निर्माण र अन्य तयारीको काम भने अझै सकिएको छैन।

उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रगंशाला निर्माण र केहि तयारीको काम अन्तिम चरणमा पुगेको छ।

केहि खेलहरु भने उद्घाटनअघि नै बुधबारबाट सुरु भइसकेका छन्। प्रतियोगिताकै पहिलो खेलको रुपमा नेपाल र बंगलादेशबीच भएको महिला भलिबलमा नेपाली टोलीले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

क्षेत्रीय प्रतियोगिताका लागि आवश्यक पुर्वाधार निर्माणका लागि सरकारले करिब ४ अर्ब रकम विनियोजन गरेको थियो।

काठमाडौ, पोखरा र जनकपुरमा हुने १३ औं दक्षिण एशियाली खेलकुद सागमा ३ सय १७ स्वर्ण, त्यतिनै रजत र ४ सय ८१ कास्य पदकका लागि स्पर्धा हुदैछ। १३ औं संस्करणमा नेपालले कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने आशा गरेको छ।

त्यसका लागि २१ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा गएका थिए भने केही खेलका लागि विदेशी प्रशिक्षक नै स्वदेश झिकाइएका थिए।
सागमा पौडीतर्फ सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

तेक्वान्दोमा २९, भारत्तोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ। यसैगरी जुडोमा १५, फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

साईक्लिङमा ८ तथा ब्याडमिन्टन, टेवल टेनिस र टेनिस हरेकमा ७ स्वर्ण पदकका लागि भिडन्त हुनेछ।

ट्रायथलनमा ५ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ वटाका लागि भिडन्त हुनेछ।

यस्तै बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कबड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

खेलाडी संख्या

नेपालमा हुने आसन्न सागमा २६ खेलमा ७ राष्ट्रका २९ सय १० जना खेलाडी तथा ७ सय ६९ जना अफिसियल सहभागी हुने राष्ट्रिय टोली तयारी समितिका संयोजक रिम बहादुर रानाभाटले जानकारी दिए।

आयोजक नेपालबाट ५ सय ९४ खेलाडी तथा १ सय ८६ जना प्रशिक्षक छन् । सागमा आयोजक नेपालले मात्रै २६ वटै खेलमा सहभागिता जनाउँदैछ।

सागमा सबैभन्दा धेरै आयोजक मुलुक नेपालबाट र सबैभन्दा कम खेलाडी भुटानबाट सहभागी हुदैछन्। भारतबाट ५ सय ३५ जना खेलाडीसहित १ सय ६७ जना अफिसीयल, बगंलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ जना अफिसीयल, भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसीयल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसीयल, मालदिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल, श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८३ अफिसियल सहभागी हुदैछन् ।

एउटा मात्रै खेलमा सातै देश सहभागी

आगामी शनिबार सुरु हुने सागमा ब्याटमिन्टन मात्र एउटा यस्तो खेल हो जसमा सातै देश सहभागी हुदैछन्। ब्याटमिन्टनमा नेपालकोतर्फबाट १० पुरुष र १० महिला तथा ५ जना प्रशिक्षक सहभागी हुदैछन्।

प्रतियोगितामा भारतको तर्फबाट १० पुरुष र १० महिला खेलाडी गरि २० जना मात्र सहभागी हुदैछन्।

पाकिस्तानबाट १० खेलाडी र ३ प्रशिक्षक, बंगलादेशबाट १२ खेलाडी र ४ प्रशिक्षक सहभागी हुदैछन् । यस्तै श्रीलंकाबाट १४ खेलाडी, ३ प्रशिक्षक, भुटानबाट ६ खेलाडी १ प्रशिक्षक, र मालदिभ्सबाट १२ खेलाडी र ५ प्रशिक्षकले सहभागिता जनाउँदैछन्। सागमा ब्याटमिन्टनको खेल पोखरामा मंसीर १५ गते देखि २० सम्म चल्नेछ।

नेपालमैं भएका पहिलो र आठौं प्रतियोगिता र नवौंदेखि हालसम्म नेपालले सागमा जितेका पदक

सन् १९८४ मा घरेलु मैदानमा भएको पहिलो सागमा नेपालले ४ स्वर्ण, १२ रजत र ३ कास्य पदक हात पारेको थियो। यस्तै नेपालमै भएको आठौं संस्करणमा नेपालले ३१ स्वर्ण, १० रजत र २४ वटा कास्य पदक जितेको थियो। हालसम्म नेपालले सर्वाधिक स्वर्ण पदक आठौं संस्करणमैं जितेको हो।

सन् २००४ मा पाकिस्तानको ईस्लामावादमा भएको नवौ सागमा नेपाल खेलाडीले ७ स्वर्ण, ५ रजत ल्याएका थिए। सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १० औं सागमा ७ स्वर्ण र १५ रजत, सन् २०१० मा बगंलादेशको ढाकामा भएको ११ औं मा ८ स्वर्ण र ९ रजत र सन् २०१६ मा भारतको गुवहाटी र सिलोङमा भएको १२ औं दक्षिण एशियाली खेलकुदमा ३ स्वर्ण, २३ रजत र ३४ वटा कास्य पदक घर भित्र्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .