एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला भलिबल टोली स्वदेश फर्किएको छ।
मंगलबार बंगलादेशमा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाली टोलीले उपाधि जित्दै इतिहास दोहोर्याएको थियो। यसअघि नेपालले सन् २०१९ मा बंगलादेशमा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि उचालेको थियो।
कोरोना महामारीको कारण दुई वर्ष अन्तर्राष्टिय भलिबल खेल्न नपाएको महिला टोली छोटो तयारीमा बंगलादेश पुगेको थियो।
33
Shares
प्रतिक्रिया