एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा पोखरा राइनोजले चितवन टाईगर्ससामु १ सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको पोखरा १७ दशमलव ५ ओभरमा १ सय ११ रन बनाउँदा अल आउट भयो।
ओपनर रिचार्ड लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।
पोखराका असेला गुणारत्नेले जोडेको ३४ रन नै सर्वाधिक भयो। कप्तान विनोद भण्डारीले २२ रन थपे।
रिचार्ड २६ र विपिन रावल १७ रनमा पवेलियन फर्के। रित गौतम र साहन आरिचिगेले समान २ रन जोड्दा क्याच आउट भए।
विवेक यादव ४, विक्रम सोब १ रनमा आउट भएर लोकेश बम र नन्दन यादव गोल्डेन डक आउट भए।
पोखरालाई कम स्कोरमा रोक्न चितवनका कमल ऐरिले सर्वाधिक ४ विकेट लिए।
कमलले ३. ५ ओभरमा २० रन खर्चे। करिम जन्नत र सेकुगे प्रशनले समान २ विकेट झारे।
सागर ढकाल र सोमपाल कामीले एक एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया