ad ad

खेल


ईपीएलमा चितवनले काठमाडौंलाई हरायो

ईपीएलमा चितवनले काठमाडौंलाई हरायो

नेपालखबर
असोज १४, २०७८ बिहिबार १४:५, काठमाडौँ

काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिगअन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौं किंग्स ११ लाई तीन विकेटले पराजित गरेको छ। 

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले ७ विकेट गुमाएर पूरा गरेको हो। 

जितका लागि चितवनका ईशान पाण्डेले ४, महम्मद सेजादले १७, करिम जनतले २१, भीम सार्कीले ६, दिलिपनाथले २३, राजेश पुलामीले २६, सेकुगे प्रसन्नाले ५ र कमल ऐरीले २३ रन बनाए। चितवनले १७ रन एक्स्ट्रा पाएको थियो। 

काठमाडौंका जनक प्रकाशले १ विकेट, जितेन्द्र मुखियाले २, गुल्सन झाले १, सन्दीप लामिछानेले १ र ¥यान बर्लले २ विकेट झारे पनि चितवन जित निकाल्न सफल रह्यो। 

त्यसअघि काठमाडौंका रहमुल्लाह गुर्बाजले ५, सुवास खकुरेलले ३५, अमित श्रेष्ठले ६, राजु रिजालले २८, गुल्सन झाले ४, जनक प्रकाशले २६, अमर राउटेलाले ५, सिद्धान्त लोहनीले ८ र सन्दीप लामिछानेले ७ रनसहित चितवनलाई काठमाडौंले १४२ रनको लक्ष्य दिएको थियो। 

चितवनका बलर सागर ढकाल एक्लैले ४ विकेट लिए भने करिम जनतले २ तथा कमल ऐरी र सेकुगे प्रसन्नाले १÷१ विकेट लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .