ad ad

राजनीति


कर्णालीका पूर्वमन्त्री खत्रीलाई प्रहरीले अदालत लान सकेन

कर्णालीका पूर्वमन्त्री खत्रीलाई प्रहरीले अदालत लान सकेन

नेपालखबर
भदौ २, २०७६ सोमबार ७:३६,

उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएका कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीलाई अदालतमा उपस्थित हुन दिएको म्याद नाघेको छ।

अदालतले भदौ १ सम्म खत्रीलाई उपस्थित गराउन प्रहरीलाई भने पनि खत्रीले अदालती म्याद कटाएका हुन्। उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीका अनुसार आइतबार नै म्याद सकिइसकेकाले बेन्चले नै यसबारे सोधपुछ गर्नेछ।

यसअघि नै गत साउन ३० मा खत्रीलाई पदबाट बर्खास्त गरिएको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनको जिम्मेवारी खिचेर नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेका थिए।

मन्त्री खत्रीसहितका पाँच जनाले १ करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गर्न आदेश दिएको थियो।

उनीविरुद्ध फर्जी बैंक ग्यारेन्टी बसेको आरोप लागेको छ। उनी पूर्वएमालेका सुर्खेतका नेता हुन्।

यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तोकिएकै समयमा उपस्थित गराउने प्रयास गरे पनि नसकिएकाले अब पक्राउ गरेर भए पनि अदालतमा ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .