काभ्रेमा एक महिला मृत फेला परेकी छन्।
पनौति नगरपालिका- ४ दूधमिल नजिक काभ्रेकै बनेपा नगरपालिका- ११ सल्लेकी अन्दाजी ३५ वर्षीया शान्ति तामाङ मृत फेला परेकी हुन्।
पनौती ४ स्थित कुमारी बैंक पछाडि डेरा गरेर बस्ने तामाङको शव दूधमिल नजिक खेतको आली छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
मृत भेटिएकी महिलाका १५ वर्षीय छोरा सञ्जय तामाङले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
129
Shares
प्रतिक्रिया