रोजगारीको सिलसिलामा कतारमा रहेका प्रवासी नेपालीद्वारा रामपुर नगरपालिका–१ बस्ने स्व लीलाम्बर खाँणको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ।
अर्बुद रोगका कारण ज्यान गुुमाएका खाँणको परिवारलाई कतारस्थित पाल्पाली सेवा समाजले रु ५१ हजार १० रकम सहयोग गरेको हो। यसैगरी खाँणको परिवारलाई रामपुर नगरपालिकाले रु १५ हजार रकम सहयोग गरेको छ।
पाल्पाली सेवा समाज कतार र रामपुर नगरपालिकाको सहयोगमा रु ६६ हजार १० रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गरे। क्यान्सर रोगपीडित खाँणको गत असोज १३ गते ५२ वर्षको उमेरमा निधन भएको हो।
खाँणका श्रीमती, पाँच छोरी र एक छोरा छन्। वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका पाल्पाका नेपाली युवाले विभिन्न रोगबाट पीडित, गरीब, विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेका छन्। रासस
प्रतिक्रिया