सर्वोच्च अदालतले असोज २७ गते सोमबार देशभरका सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको छ।
पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायाको निधनको शोकमा सोमबार सबै तहका अदालत बन्द गर्ने सर्वोच्चले सूचना प्रकासित गरेर जानकारी दिएको छ। आइतबारसम्म दशैँ विदा परेकोले कार्यालय खुल्ने दिन सोमबार शोक विदा दिइएको सूचनामा उल्लेख छ।
पूर्व प्रधानन्यायाधीश उपाध्यायाको यही असोज १० गते निधन भएको थियो।
प्रतिक्रिया