ad ad

समाज


नौबिसे-नागढुंगा सडकमा जाम छैन : प्रहरी

नौबिसे-नागढुंगा सडकमा जाम छैन : प्रहरी

नेपालखबर
असोज १३, २०७६ सोमबार ५:२२,

नौबिसे-नागढुंगा सडकमा जाम हटाउन प्रहरी सक्रिय भएको छ। आज (सोमबार) बिहानैदेखि उक्त सडक खण्डमा जाम नरहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहान १० बजेसम्मको अपडेट सार्वजनिक गर्दै धादिङ प्रहरीले सडकमा जाम नरहेको जानकारी दिएको हो।

नौबिसे–नागढुंगा सडकमा ज्यादै सवारी जाम हुने गरेका कारण यात्रुले सास्ती खेप्दै आएका थिए। जामकै कारण एक बिरामीको मृत्युसमेत भएपछि सरकारले सो सडकमा जाम हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

जसअनुसार शनिबारदेखि सुध्रँदै गएको नागढुंगा(नौबीसे सडक खण्डमा आज जाम नरहेको प्रहरीले जनाएको छ।

सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सहज रूपमा सवारी आवागमन भइरहेको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नौबिसेबाट काठमाडौं जाने गाडीको संख्या बढेको जानकारी पनि प्रहरीले दिएको छ।

ओभरटेक नगरौं‚ सडकको नियम पालना गरौं भन्दै धादिङ प्रहरीले सुझाव र गुनासो भएमा हाइवे अपरेसन टिममा जानकारी दिन अनुरोध गरेको छ।

त्यसका लागि १००‚ ९८५१२८३४८०‚ ९८५१०१९०३०‚ ९८५१२८६९११‚ ९८५१२९८६०‚ ९८५१२९८३००‚ ९८५१२५५७७७ र प्रहरी उपरीक्षक ९८५१२४५५५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .